युवाले एमाले छाड्ने,लेखी एमालेमा पस्ने

युवाले एमाले छाड्ने,लेखी एमालेमा पस्ने

नेकपा एमाले र खासगरी अध्यक्ष केपी ओलीलाई केहिले तराईप्रति अनुदार भनेपनि पछिल्लो समय तराईबाट एमाले छाड्ने र प्रवेश गर्नेको संख्या उत्तिकै देखिएको छ । लोकतान्त्रिक समाजवादी पार्टीबाट आज बिहिवार राजीनामा दिएका केन्द्रीय सदस्य राजकुमार लेखी पनि एक औपचारिक कार्यक्रममार्फत एमाले प्रवेश गर्ने तयारी छ ।

जनजाति महासँघको पूर्व अध्यक्ष समेत रहेका नेता लेखी असोज १७ गते एमाले प्रवेश गर्ने कार्यक्रम रहेको बताइन्छ । एमाले अध्यक्ष ओलीले एक समारोहका वीच लेखीलाई एमाले प्रवेश गराउने एक नेताले जनआस्थालाइ बताए । लेखी पुराना एमाले कार्यकर्ता हुन् ।

तराईमा क्षेत्रीय पार्टीको दब्दबा बढेसँगै मध्य तराई सप्तरीका लेखी तराई केन्द्रित दलतिर लागेका थिए । यसै साताको शुरुमा थुप्रै युवा नेताले एमाले परित्याग गरेका छन् ।

टिप्पणीहरू