सेलिब्रिटीको निजी मामिलामा आक्रमण,सामाजिक सञ्जालमा इन्दिराको खोइरो

सेलिब्रिटीको निजी मामिलामा आक्रमण,सामाजिक सञ्जालमा इन्दिराको खोइरो

चर्चित गायिका तथा सेलिब्रिटी इन्दिरा जोशीले हालै गरेको औंठी साटासाट (इन्गेजमेण्ट) को उनका समर्थक तथा फ्यानहरुले समर्थनभन्दा चर्को आलोचना गरेका छन् । जोशीले सामाजिक सञ्जालमा पोष्ट गरेको एउटा फोटोमाथि धेरै जसोले कुण्ठा व्यक्त गरेको पाइन्छ ।

सेलिब्रिटीको निजी जीवनमा दखल पुग्ने गरी लेखिएका कमेण्टमा एक जनाले जे पायो त्यहि नलेख्न सल्लाह दिएका छन् । महेश यादवले लेखेका छन्,‘जे पायो त्यही कमेण्ट नगर केटा हो । जेल जानु पर्ला, ख्याल गर,बुध्दि पुर्याऊ ।’

यादवअघिका कमेण्टहरुमध्ये तिम्रो कान्छु नामका फेसबुक प्रयोगकर्ताले लेखेका छन्,‘जाबो औंलामा औंठी छिराउन नि मान्छेहरु लुक्ला पुग्छन् ।’

जोशीले औंठी साटेपछि आफ्ना प्रेमीसँग गरेको चुम्बनको तस्बिरसहित छविसिंह ठकुरीले लेखेका छन्, ‘शुरु दिनमै पानी पानी बनाएछन् नि अघोरी दाजुले ।’

दिपेन बस्नेतले पनि समय परिवर्तनसँगै प्रेम र बिबाह गर्ने शैलीलाई व्यङ्ग्य गर्दै लेखेका छन् । उनको कमेन्टमा लेखिएको छ, ‘पहिला ब्याट्रीको चङ्गा उडाउनेको दिन थियो । अहिले हेलिकप्टर उडाउनेको । अब के उडाउनेको दिन आउला….मोटरसाइकलको त दिन गयो अब ।’

टिप्पणीहरू