उमादेवी मन्दिरमा उभिएर कृष्णगोपालले भन्नुभयो ‘अष्टलक्ष्मीको सरकार जोगाउँछौं’

उमादेवी मन्दिरमा उभिएर कृष्णगोपालले भन्नुभयो ‘अष्टलक्ष्मीको सरकार जोगाउँछौं’

काठमाडौंको बल्खुस्थित उमादेवी मन्दिर हातामा उभिएर पूर्वमन्त्री तथा एमाले नेता कृष्णगोपाल श्रेष्ठले बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको सरकार टिकाउने कुरा गर्नुभएको छ ।

अरु छ वटै प्रदेशमा नभएको महिला मुख्यमन्त्री बाग्मतीमा रहेको र त्यो पनि एमालेको भएकाले कुनै हालतमा अल्पमतमा पर्न नदिने उहाँले त्यस अवसरमा बताउनुभएको हो ।

आज बिहान मन्दिर हातामा आयोजित दशै,शुभदिपावली,नेपाल सम्बत ११४१ तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा चियापान र बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. अजय क्रान्ति शाक्यलाई बधाई दिने कार्यक्रममा श्रेष्ठले उक्त कुरा बताउनुभएको हो ।

‘सरकार टिक्छ कि टिक्दैन थाहा छैन,तर हामी जोगाउँछौं । मन्त्रीहरुले पनि पदमा बसुञ्जेल राम्रो काम गर्नु,’ श्रेष्ठको भनाइ हो यो । एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी गठनपछि बाग्मती प्रदेश सभामा मुख्यमन्त्री शाक्यको सरकार स्पष्ट अल्पमतमा परेको छ ।

संविधानतः सत्तारुढ दल विभाजन भएपछि लिनुपर्ने विश्वासको मतसमेत शाक्य नेतृत्वको सरकारले लिने सुरसार देखिएको छैन ।

टिप्पणीहरू