​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ « Jana Aastha News Online
Logo
५ जेष्ठ २०७९, बिहीबार
|  Thu May 19 2022
Logo
५ जेष्ठ २०७९, बिहीबार
|  Thu May 19 2022

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

प्रकाशित मिति :  ७ मंसिर २०७४, बिहीबार १३:५५


नेपाल वायुसेवा निगमले पर्यटकीय गन्तव्य मेघौलीमा मंसीर १३ गतेबाट नियमित सेवा प्रारम्भ गर्ने भएको छ ।

निगमल हप्ताको तीन दिन सोमबार, बुधवार र शनिवार अपरान्ह १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  मेघौली उडान गर्ने भएको छ ।

मेघौलीका लागि एकतर्फी भाडा रु.३,१६५ निर्धारण गरिएको छ  भने ४० मिनेटको उडान पछि विमान मेघौली पुग्नेछ ।

यसै गरी ताप्लेजुङ्गको सुकेटारमा पनि निगमले मंसीर १३ देखि आफ्नो नियमित सेवा पुनः प्रारम्भ गर्ने भएको छ । 

सुकेटारका लागि हप्ताको एकदिन बुधबार बिहान ७ बजे काठमाडौबाट उडान गरिने छ ।

सुकेटारका लागि एकतर्फी भाडा रु.५,४०५ निर्धारण गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !