प्रधानमन्त्रीको निम्तो एमालेले नमान्ने

प्रधानमन्त्रीको निम्तो एमालेले नमान्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले आव्ह्वान गरेको सर्वदलीय बैठक नेकपा एमालेले बहिष्कार गर्ने भएको छ ।

आफूले अस्तित्व नै अस्वीकार गरेका दलहरु समेत बैठकमा सहभागी हुन लागेको भन्दै एमालेले बैठकमा अनुपस्थिति जनाउने भएको हो ।

नेकपा एमाले सँसदमा निरन्तर आन्दोलित रहेको छ । आफ्नो पार्टीको केन्द्रीय कमिटी र सँसदीय दलले कार्वाही गरेका १४ साँसदको कारबाही सदर नगरी सभामुखले असँसदीय गतिविधि गरेको आरोप एमालेले लगाएको छ ।

मुख्य बिपक्षी दलको आवाज नसुनी सँसदमा पेल्ने शैली अपनाएकोमा पनि एमाले आक्रोशित रहेको छ ।

एमाले नेताहरुले माधव नेपालसहित १४ साँसदमाथिको कार्बाही सदर वा सभामुखको राजिनामालाई बटमलाइन भन्ने गरेका छन् ।

टिप्पणीहरू