एमसीसी सम्झौता हजार गुणा राष्ट्रहितमा रहेको कमल थापाको दाबी

एमसीसी सम्झौता हजार गुणा राष्ट्रहितमा रहेको कमल थापाको दाबी

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता राष्ट्रहितमा रहेको दाबी गरेका छन् । आफूलाई सच्च राष्ट्रवादी बताउँदै थापाले एमसीसी पनि त्यहि अनुकूलको सम्झौता भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

एमसीसी सम्झौताको बिरोध गर्नेहरुलाई बेबकुफको संज्ञा दिँदै थापाले उनीहरुले देशलाई नोक्सान पारेको आरोप लगाएका छन् । एमसीसी पारित हुने विश्वासका साथ राप्रपा अध्यक्ष थापाले उक्त सम्झौता कार्यान्वयनमा आएपछि अहिले बिरोध गर्नेहरु नाङ्गिने समेत दाबी गरेका छन् ।

“अहिले एमसीसीको बिरोध गर्नेहरु एमसीसी कार्यान्वयनमा आएपछि नाङ्गिने छन् । कसरी राष्ट्रवादको ढोल पिटेर जनतालाई बेबकुफ बनाउन र देशलाई नोक्सान पार्न खोजेका रहेछन्,स्पष्ट हुनेछ ।”

थापाले लेखेका छन्, ‘मन,वचन र कर्मले देशलाई माया गर्ने राष्ट्रवादी भएको हुँदा एक पटक होइन, हजार पटक भन्न सक्छु कि एमसीसी नेपालको हितमा छ । अहिले एमसीसीको बिरोध गर्नेहरु एमसीसी कार्यान्वयनमा आएपछि नाङ्गिने छन् ।

कसरी राष्ट्रवादको ढोल पिटेर जनतालाई बेबकुफ बनाउन र देशलाई नोक्सान पार्न खोजेका रहेछन्, स्पष्ट हुनेछ ।

टिप्पणीहरू