उपेन्द्रले ३ यादव र ३ महिलालाई मन्त्री बनाउने

उपेन्द्रले ३ यादव र ३ महिलालाई मन्त्री बनाउने

जनता समाजवादी पार्टी (जसपा) ले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम लगभग टुङ्गो लगाएको छ । उक्त पार्टी निकट स्रोतले जनाएअनुसार वरिष्ठ नेता महेन्द्र राय यादव या राजेन्द्र श्रेष्ठको नेतृत्वमा सरकारमा जाने गरी छ जनाको नाम मोटामोटी टुङ्गो लागेको हो ।

बताइएअनुसार यादव र श्रेष्ठसँगै रेणु यादव र अमृता अग्रहरि यादवको नाममा सहमति जुटिसकेको छ । बाँकी नामबारे छलफल भइरहेको र आज बेलुकासम्ममा सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने तयारी भएको हो ।

जसपाले सरकारमा महिलाको सहभागिता बढाउन तीन जनालाई क्याबिनेटमा सहभागी गराउन लागेको पनि बताइएको छ । रेणु र अमृतासँगै अर्को एक महिला नेतृ मन्त्री बन्ने सम्भावना रहेको स्रोतले भनेको छ ।

तर,सत्ता गठबन्धनका अन्य दलबाट एक वा दुईभन्दा बढी महिला मन्त्री नबन्ने अवस्था देखिँदैछ । माओवादीबाट पम्फा भुसाल बनिसकेको अवस्थामा दलितसमेतको प्रतिनिधित्व हुनेगरी थप एक जना हुुने सम्भावना प्रवल रहेको बताइन्छ ।

नेकपा एकीकृत समाजवादीबाट रामकुमारी झाँक्रीको टुंगो लागिसकेको छ भने नेपाली काँग्रेसबाट बढीमा एक एक जना महिला मन्त्री बन्नेछन् ।

टिप्पणीहरू