घुस खाने नेतामाथि मुद्दा चलायो चीनले

घुस खाने नेतामाथि मुद्दा चलायो चीनले

चीन सरकार र चिनियाँ कम्युनिष्ट पार्टी घुस्याहा कर्मचारी र पार्टी पदाधिकारीप्रति कठोर रुपमा प्रस्तुत हुँदै आएको छ । त्यहाँको माथिल्लो सभा जनराजनीतिक परामर्शदात्री सम्मेलनको लियाओनिङ प्रान्तीय समितिका पूर्वउपाध्यक्ष लि वेन्सी विरुद्ध घुस लिएको आरोपमा मुद्दा चलाइएको छ ।

लियाओनिङ्ग प्रान्तको पूर्व पार्टी सदस्य समेत रहेका लिलाई घुस लिएको पुष्टि भएपछि मुद्दा चलाइएको हो ।

चीनको राष्ट्रिय पर्यवेक्षण आयोगले उनी विरुद्धको छानबिन पूरा गरेपछि पूर्वी चीनको शेन्दोङ्ग प्रान्तको थाइआन नगरस्थित एउटा जनअदालतमा मुद्दामाथिको सुनुवाई अघि बढेको हो ।

लिमाथि लियाओनिङ प्रान्तीय कमिटीको पार्टी सचिव र प्रान्तीय सार्वजनिक सुरक्षा विभागको निर्देशमा रही कार्य गर्दा आफ्नो पदको दुरुपयोग गरेको आरोप लागेको छ ।

त्यसैगरी उनले पार्टीको नेतृत्व समूहको सदस्यको जिम्मेवारी र चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय कमिटीको उपाध्यक्षमा रहेर पदीय आचरणअनुरुपको कार्य नगरेको समेत पुष्टि भएको बताइन्छ ।

पार्टी र प्रान्तीय सरकारका महत्वपूर्ण ओहोदामा बसेर अरुमाथि आपराधिक मुद्दा चलाएको र विभिन्न समूह र व्यक्तिबाट घुस लिएको रहस्य बाहिरिएपछि लिमाथि अनुसन्धानको साथै छानबिन भएको थियो । छानबिनबाट उनी दोषी देखिएपछि अदालतमा मुद्दा चलाइएको हो ।

टिप्पणीहरू