​मेरो प्यारो गोरखा

कांग्रेसबाट टिकट पाउनुभएका डा. बाबुराम भट्टराई अहिले गोरखामा यसरी डटिरहनुभएको छ मानौं नेपालमा गोरखाबाहेक अर्को कुनै जिल्लै छैन । अरू सबै पार्टीका अध्यक्ष अहिले देश घुमिरहेका छन् तर नयाँ शक्तिका अध्यक्ष डा. भट्टराई भने गोरखामै घुम्या घुम्यै हुनुहुन्छ । नयाँ शक्तिका अरू उम्मेदवार के गरिरहेका छन्, कस्तो अवस्थामा छन्, कुन हालतमा छन्, उहाँलाई बाल छैन । जसरी हुन्छ गोरखाको आफ्नो सिट सुरक्षित गर्नु छ । नयाँ शक्ति यतिखेर यसरी चुनाव लडिरहेको छ मानौं उसलाई गोरखाको एक सिट जित्न पाए अरू केही चाहिँदैन । 

माओवादीले जनयुद्ध शुरु गर्नुभन्दा अघि डा. बाबुराम भट्टराईले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई एउटा ४० बुँदे मागपत्र बुझाएका थिए । तर, देउवाले त्यो मागपत्रअनुसार काम नगरेपछि डा. भट्टराई जनयुद्धमा लाग्नुभएको थियो । कतै त्यो मागपत्रको उपलब्धि भनेको अहिले देउवाबाट प्राप्त भएको यही एक सिटको टिकट त होइन ? 

टिप्पणीहरू