अर्घाखाँचीमा पनि श्रीमानले श्रीमती मारे

अर्घाखाँचीमा पनि श्रीमानले श्रीमती मारे

अर्घाखाँचीमा श्रीमतीको हत्या गरेको अभियोगमा मृतकका श्रीमान् पक्राउ परेका छन् । ३५ वर्षीया श्रीमती सीता बिकको लाठी हानेर मारेको अभियोगमा सन्धिखर्क नगरपालिका ७, न्यूखोलाका ३० वर्षीय विष्णु बिकलाई आज बिहान प्रहरीले समातेको हो ।

आपसमा सामान्य विवाद हुँदा हिजो राति विष्णुले श्रीमतीको टाउकोमा लाठी बजारेका थिए । लाठी प्रहारबाट सीताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू