भक्तपुरको पोखरीमा बालक डुबे

भक्तपुरको पोखरीमा बालक डुबे

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ८,बोडेस्थित कमलपोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । खोटाङको जन्तेढुंगा घर भई हाल स्थानीय पाटीमा बस्दै आएका २६ वर्षीय रमेश खड्काका ६ वर्षीय छोरा रोशन खड्काको पोखरीमा डुबेर मृत्यु भएको हो ।

स्थानीयको सहयोगमा बालकलाई पानीबाट बाहिर निकालिएको थियो । तर,तत्काल नागरिक अस्पताल गठ्ठाघर लगिए पनि बालकको उपचारको क्रममा मृत्यु भएको हो ।

टिप्पणीहरू