गुरुहरु पार्टी नेतृत्वमा ग्वार्ग्वार्ती

गुरुहरु पार्टी नेतृत्वमा ग्वार्ग्वार्ती

कक्षामा पढाउने कामवाहेक हाम्रा गुरुहरुले सबै जान्नुहुन्छ :- नेपाली काङग्रेस गुल्मीको बैठकमा शिक्षक नेताहरुलाई व्यङग्य गर्दै एक नेताले यसो भनेका थिए । केहि वर्षअगाडि ती नेताले किन यसो भने होलान् भनेको त बल्ल वास्तविकता खुल्दैछ,एक सम्वादमा काङग्रेस गुल्मीका प्रभावशाली नेताले रहस्य खोले- गुल्मीका कूल १६ सय क्षेत्रीय प्रतिनिधिमध्ये ३ सय त शिक्षक मात्रै रहेछन् ।

नेपाली काङग्रेसको चौधौं महाधिवेशन नजिकिएसँगै पार्टी राजनीतिमा शिक्षकहरुको सक्रियतावारे बहस शुरु भएको छ । नेपाली काङग्रेसका केहि कार्यकर्ताले जिल्लामा शिक्षकहरुलाई कि जागिर छोड कि राजनीति छोड भन्ने दवाव बढाएका छन् । हाल जिल्लाका प्रभावशाली नेतामा शिक्षकहरु रहेको तर तिनै शिक्षक नेताका विध्यालय र विषयहरु शैक्षिक गुणस्तरमा कमजोर पाइएकोले शिक्षकहरुलाई पार्टी राजनीतिबाट केहि पर राख्ने अभियान गुल्मीमा थालिएको छ ।

गुल्मी निर्वाचन क्षेत्र नम्बर दुईको म्यालपोखरी माविका शिक्षक प्रेम सेन हालै नेपाली काङग्रेस मदाने गाँउपालिकाको वडा सभापतिमा निर्वाचित भएका हुन् । उक्त वडा चर्चित नेतृ रामकुमारी झाँक्रीको हो ।

गुल्मी काङग्रेसका केहि नेताले शिक्षकलाई शिक्षा ऐन २०२८को दफा १६ (ङ) अनुसार पार्टी राजनीतिमा सक्रिय नबनाउन आग्रह गर्दै जिल्ला सभापतिलाई निवेदनसमेत दिएका छन् ।

हाल गुल्मीमा २ हजार ७ सय ८२ शिक्षक र ५ सय ८१ वाल शिक्षाका शिक्षक रहेका छन् । तीमध्ये ३ सय भन्दा बढि हालै सम्पन्न वडा अधिवेशनबाट काङग्रेसको क्षेत्रीय प्रतिनिधि निर्वाचित भएको बताइएको छ । कति त भर्खरै सम्पन्न वडा अधिवेशनबाट पार्टीको वडा सभापतिमा निर्वाचित भएका छन् । गुल्मी निर्वाचन क्षेत्र नम्बर दुईको म्यालपोखरी माविका शिक्षक प्रेम सेन हालै नेपाली काङग्रेस मदाने गाँउपालिकाको वडा सभापतिमा निर्वाचित भएका हुन् । उक्त वडा चर्चित नेतृ रामकुमारी झाँक्रीको हो ।

एमाले सचिव रहेका गोकर्ण बिष्टको गाँउपालिकामा स्थानीय रामराज्य माविका शिक्षक लालबहादुर कुँवरले सभापतिमा उम्मेदवारी दिने चर्चा चलाएका छन्

यस्तै एमाले सचिव रहेका गोकर्ण बिष्टको गाँउपालिकामा स्थानीय रामराज्य माविका शिक्षक लालबहादुर कुँवरले सभापतिमा उम्मेदवारी दिने चर्चा चलाएका छन् । धुर्कोटको नयाँ गाउँ माविका शिक्षक भीमनाथ खनाल पनि हालै क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएको बताइएको छ ।

कूल १६ सय क्षेत्रीय प्रतिनिधिमध्ये ३ सय त शिक्षक मात्रै रहेछन् ।

खनालसहित काङग्रेसको क्षेत्रीय प्रतिनिधिमा ३ सय शिक्षक निर्वाचित भएको एक जिल्ला नेताले बताए । उनका अनुसार नेपाली काङग्रेसको सक्रिय सदस्यता लिने शिक्षकहरु सात सय भन्दा बढि छन् ।

टिप्पणीहरू