आज कोरोनाका कारण ८ को निधन, १ हजार बढी संक्रमित

आज कोरोनाका कारण ८ को निधन, १ हजार बढी संक्रमित

गत २४ घण्टामा मुलुकभर १ हजार १ सय ५७ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १० हजार ६ सय ५२ जनामा पीसीआर तथा ३ हजार ८ सय ८९ जनामा एन्टिजेन गरी १४ हजार ५ सय ४१ जनामा परीक्षण गरिँदा उक्त संख्यामा संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, सोही अवधिमा संक्रमणबाट ८ जनाको निधन भएको छ । योसँगै मुलुकभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १ सय २३ पुगेको छ । यसबीचमा १ हजार १ सय १३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

मुलुकभर अझै १८ हजार १ सय ९३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १६ हजार ८ सय ७८ जना होम र १ हजार ३ सय १५ जना संस्थागत आइसोलेसनमा छन् ।

संक्रमितमध्ये ३ सय ५४ जनाको आइसीयु र ९९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । २ सय ४४ जनालाई भने क्वारेन्टाइनमा राखिएको छ ।

टिप्पणीहरू