शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा समस्या

शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा समस्या

शताब्दी पुरुष तथा संस्कृतिविद सत्यमोहन जोशीको स्वास्थ्यमा समस्या देखिएको छ । जोशीलाई श्वासप्रश्वासमा समस्या देखिएको पारिवारिक श्रोतले जनाएको छ । साथै उहाँका हात,खुट्टा पनि सुन्निएको छ ।

आज जनआस्थाले फरक प्रसङ्गमा कुराकानी गर्न सम्पर्क राख्दा जोशीलाई अस्पताल लगिएको पारिवारिक श्रोतले जनाएको हो । अहिले जाशीलाई चेक जाँचका लागि ललितपुरस्थित किष्ट टिचिङ अस्पतालमा लगिएको छ ।

जोशी अहिले एक सय दुई बर्ष पुग्नुभएको छ ।

टिप्पणीहरू