दशैं नलाग्दै कोकाकोलाको धन्यवाद, स्वस्तिमा नयाँ ब्राण्ड एम्बेसडर

दशैं नलाग्दै कोकाकोलाको धन्यवाद, स्वस्तिमा नयाँ ब्राण्ड एम्बेसडर

कोकाकोलाले यस वर्षको दशैं र तिहालाई लक्षित गरी आफ्ना पेय पदार्थका बोटलहरुमा ‘धन्यवाद’ लेखेर पठाउने भएको छ । कोकका बोतलहरुमा धन्यवाद लेख्नुको आशयबारे कम्पनीले भनेको छ, ‘कोभिड १९ महामारीको कठिन समयमा सहयात्री रहेका साथी,परिवार र फ्रन्टलाइनरलाई बोटलको माध्यमबाट धन्यवाद व्यक्त गर्न खोजिएको हो ।’

कोकाकोलाले महामारीमा सहयात्री बनेकाहरुलाई धन्यवाद व्यक्त गर्न आमा,बुबा,दाइ,भाइ,दिदी,बहिनी, साथी र सेवाकर्मीहरुको नाममा आठ किसिमका नयाँ लेबल प्रस्तुत गरेको प्रेस सम्मेलनमा जानकारी दिइएको छ ।

कोकाकोलाले आफ्नो नयाँ ब्राण्ड एम्बेसडरमा नायिका स्वस्तिमा खड्कालाई चयन गरेको छ ।

टिप्पणीहरू