बिश्वासको मत लिन लाग्यो दुई नम्बरको सरकारले

बिश्वासको मत लिन लाग्यो दुई नम्बरको सरकारले

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आगामी बुधबार विश्वासको मत लिनुहुने भएको छ । सरकारको नेतृत्व गरिरहेको दल विभाजन भएपछि विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताका कारण मुख्यमन्त्री राउतले प्रदेशसभामा विश्वासको मत लिन लाग्नुभएको हो ।

प्रदेश २ मा सरकारको नेतृत्व गरेको दल जनता समाजवादी पार्टी (जसपा) विभाजित भएको छ । उक्त पार्टीबाट महन्थ ठाकुर समूह छुट्टिएसँगै प्रदेश २ का १६ जना सांसदले नयाँ पार्टी रोजेका छन् । तर, काँग्रेस,माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी भएकाले सरकार अल्पमतमा परेको छैन ।

विश्वासको मतका लागि आज बसेको प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेशसभाको अधिवेशन असोज २० गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । अधिवेशन शुरु भएकै दिन मुख्यमन्त्री राउतले विश्वासको मत लिने त्यहाँका एक मन्त्रीले बताएका छन् ।

यता,एमाले विभाजनपछि सरकार अल्पमतमा परे पनि बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनुभएको छैन । सरकार स्पष्ट अल्पमतमा परिसक्दा पनि संवैधानिक दायित्व बिर्सेर मुख्यमन्त्री शाक्यले बाग्मतीमा निर्धक्क सरकार चलाइरहेका बेला राउतले भने संवैधानिक बाटो रोज्नुभएको हो ।

टिप्पणीहरू