अखिलले बोलायो प्रथम पूर्ण बैठक

अखिलले बोलायो प्रथम पूर्ण बैठक

नेकपा एकीकृत समाजवादीको भातृ संगठन अनेरास्ववियुले आफ्नो स्थायी कमिटीको पहिलो बैठक बोलाएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको आतिथ्यमा बैठक पर्सि शुक्रवार बस्न लागेको हो ।

‘देशभरिका सम्पूर्ण प्रगतिशील, जनवादी तथा देशभक्त विद्यार्थीहरु एकजुट होऔं’ भन्ने मूल नाराका साथ थापागाउँस्थित आर्यन पार्टी प्यालेसमा बैठक शुक्रबार बिहान ११ बजे बस्ने छ ।

तर,एकीकृत समाजवादीका अध्यक्ष नेपाल अस्तिदेखि स्वास्थ्यमा समस्या देखिएपछि घरमा आराम गरिरहनुभएकाले भोलिको बैठकमा अन्य नेताको उपस्थिति हुने सम्भावना रहेको संगठन स्रोतले बताएको छ ।

टिप्पणीहरू