छुट्टाछुटै सवारी दुर्घटनामा २ जनाको ज्यान गयो

छुट्टाछुटै सवारी दुर्घटनामा २ जनाको ज्यान गयो

तनहुँ र इलाममा भएका सवारी दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन् । इलाम नगरपालिका १, नेपालटारस्थित सडकमा ना. ५ ख ४९८७ नम्बरको ट्रकको ठक्करबाट प्लेजुङ खुम्बेदिन बस्ने २३ वर्षीय राजेश नेपालको घटनास्थलमै ज्यान गएको छ ।

पाँचथरबाट इलामतर्फ आउँदै गरेको प्र.१ ०१ ००१ ख ३४७१ नम्बरको मालवाहक ट्रकका सहचालक राजेश खाना खाएर फर्कने क्रममा ट्रकले ठक्कर दिएको हो ।

उता,तनहुँको ब्यास नगरपालिका १२,देउरालीमा ग.१६ प १६७७ नम्बरको मोटरसाइकलको ठक्करबाट ७२ वर्षीया चेतकुमारी जैसीको मृत्यु भएको छ ।

टिप्पणीहरू