अग्नि सापकोटाको मुध्दा हेर्न नमिल्ने,बामदेवको मुध्दा हेर्न नभ्याइने

अग्नि सापकोटाको मुध्दा हेर्न नमिल्ने,बामदेवको मुध्दा हेर्न नभ्याइने

सभामुख अग्नि सापकोटाविरूध्दको मुध्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा परेर पनि हेर्न नभ्याइएका कारण पेशी फेरि सरेको छ ।

यो मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरासहित वरिष्ठ न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सम्मिलित संवैधानिक इजलासको पहिलो नम्बरमै पेशी तोकिएको थियो ।

सर्वाेच्च प्रशासन स्रोतका अनुसार संवैधानिक इजलाशमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीका कारण सो मुध्दा आज हेर्न नमिल्नेमा परेको हो । न्यायाधीश हुनुअघि नै कार्कीले विपक्षीको तर्फबाट बहस गरेका कारण आज हेर्न नमिल्नेमा परी पेशी धकेलिएको हो ।

उता राष्ट्रियसभामा मनोनित सांसद वामदेव गौतमको मुद्दा हेर्न नभ्याइएको कारण पेशी सरेको छ । राष्ट्रिय सभामा वामदेव गौतमको मनोनयनविरुध्द परेको रिटउपर संवैधानिक इजलाशमा पेशी चढेर हेर्न नभ्याइनेमा राखिएको छ ।

०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा बर्दियाबाट पराजय ब्यहोरेका गौतमलाई २०७७ असोज १ गते राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नुभएको थियो ।

त्यसको साता दिनपछि नै अधिवक्ताद्वय दिनेश त्रिपाठी र बद्रिराज भट्टले रिट दायर गरेका रिट । आज संवैधानिक इजलाशको ५ नम्बरमा पेशी चढेर हेर्न नमिलेको कारण सुनुवाई धकेलिएको हो ।

टिप्पणीहरू