बालकृष्ण ढुङ्गेलको तोकियो एमालेमा जिम्मेवारी

बालकृष्ण ढुङ्गेलको तोकियो एमालेमा जिम्मेवारी

ओखलढुङगाका उज्जन श्रेष्ठको हत्या आरोपमा पटकपटक जेल परेर अनेक रोगले थिल्थिलो भएका बालकृष्ण ढुङगेलको नियुक्तिसँगै नेकपा एमाले प्रदेश १ कमिटीले पूर्णता पाएको छ ।

एमाले प्रदेश १ का सांसद जीवन घिमिरेको अध्यक्षतामा रहेको कमिटी अब ५ सय ८५ सदस्यीय भएको छ । आज बिहान सार्वजनिक सूचीमा ढुङगेलसहित पूर्वमाओवादी र १० बुँदे सहमतिबाट एमालेमै रहेका नेताहरुलाई समेटेर कमिटीलाई पूर्णता दिइएको वताइएको छ ।

घिमिरे मुख्यमन्त्री भीम आचार्यहरुसँगै अन्तरसँघर्षबाट एमालेमै समाहित भएका नेता हुन् । प्रदेश कमिटीको सचिव भने विनोद ढकाल रहेका छन् ।

[pdf-embedder url=”https://appharuspace.fra1.digitaloceanspaces.com/appharuspace/janaaastha/uploads/2021/09/29120634/CPN-UML-Province-1_PCM-List_Final-1.pdf”]

टिप्पणीहरू