मधेसका युवा नेताहरु ओलीसङ्ग बिच्किए,२८ भाइको राजीनामा

मधेसका युवा नेताहरु ओलीसङ्ग बिच्किए,२८ भाइको राजीनामा

केपी ओली नेतृत्वको नेकपा एमालेमा मधेसका युवा बिच्किन थालेका छन् । एमाले पार्टी र संगठन निर्माणका लागि रगत पसिना बगाएकाहरु उपेक्षामा पर्ने तर नवधनाढ्यहरु हाबी हुने भन्दै जनवर्गीय संगठनबाट धमाधम राजीनामा ओइरिन शुरु भएको हो ।

सात प्रदेशमध्ये सबैभन्दा कमजोर देखिएको प्रदेश नम्बर दुईमा राष्ट्रिय युवा संघबाट एकैपटक २३ जना केन्द्रीय सदस्य र ५ जना युवा संघकै स्थायी कमिटी सदस्यले राजीनामा दिएका हुन् ।दुई नम्बर प्रदेशमा रघुविर महासेठजस्ता नवधनाढ्य र अवसरवादीहरु हाबी भएको भन्दै उनको कार्यशैलीलाई लिएर एकै पटक युवासंघका २८ भाइले राजीनामा दिएको कागजात बाहिरिएको छ ।

जसमा युवा संघका केन्द्रीय उपाध्यक्ष तथा २ नम्बर प्रदेश इन्चार्जसमेत रहेका सञ्जीव झासहित छन् ।

यसरी राजीनामा दिनेहरुमा केन्द्रीय अनुशासन आयोगका दिनेश सिंह,केन्द्रीय सचिवालय सदस्यहरु ईद मोहम्मद साफी,अभिषेक अग्रवाल र राम उद्गार यादव छन् । यस्तै सोही प्रदेशका १९ जना केन्द्रीय सदस्यले राजीनामा दिएका छन् ।

यसअघि राष्ट्रिय युवासंघ नेपालको केन्द्रीय कमिटीमा रहेका राकेशराज गिरी,नरेश साह तुरहा,केन्द्रीय सदस्यत्रय निवेश कुमार,वीरवल कुशवाहा र संजय यादवले संयुक्त राजीनामा बुझाइसकेका छन् ।

२ नम्बर प्रदेशमा पार्टीका नेताहरु विधि र विचारविहिन,हुकुमी निकृष्ट ढंगले चलेको र जमिन्दारको पार्टी बनाउँदासमेत केन्द्रीय नेतृत्वले कुनै हस्तक्षेप नगरेको भन्दै उनीहरुले सामु्हिक राजीनामा दिनुपरेको झाले जनआस्थालाई बताए ।

टिप्पणीहरू