हिरोइन भिœयाउँदै, विवाद बढाउँदै

सिने वृत्तमा हल्ला छ, बैनी–ज्वाइँको चलचित्र लगानी गरेर जेठानले नायिकालाई पट्याउने धन्दा चलाए । चलचित्रको कथा जस्तो छ ठीक उही ढंगले नायिकालाई लगानीकर्ताले पट्याउने धन्दा सुरु गरे । अरू लगानीकर्तालाई पछाडि पार्दै नायिकालाई आफ्नो पकडमा पारेका छन् विकास राणाले । ब्रासलेट नामक चलचित्रबाट नेपाली सिने उद्योगमा कमब्याक गरेका रमेश उप्रेतीले ऐश्वर्या बनाए ।

सोही चलचित्रमा विकासले पनि लगानी गर्न भ्याए । नायकको रूपमा भने रमेश आफैं देखिए । र, नायिकाको रूपमा भिœयाइयो दीपिका प्रसाईंलाई । उनले सोही चलचित्रमार्फत ब्रेक गरेकी हुन् । चलचित्रमा सुटिङकै दौरान विकास र दीपिकाबीच गहिरो अफेयर चलेको चर्चाले सिनेबजार गर्माएको छ । लभ स्टोरी बेस रहेको चलचित्र ‘ऐश्वर्य’मा नेपाली मोडलिङ क्षेत्र– धनाढ्य र व्यापारीबीचको लडाइँलाई पर्दामा उतारिएको छ । रिल लाइफमा झैं रियल लाइफमा पनि भइदियो त्यस्तै । उनै नायिकासँग सुटिङकै दौरान अफेयर चल्यो । केही दिनअघि उनै दीपिकाले आफ्नो बर्थडे विकाससँगै मनाएको तस्बिर सामाजिक सञ्जालमा अहिले भाइरल बनेको छ । 

तर, हल्ला चलेअनुसार मान्न तयार छैन चलचित्र ऐश्वर्या युनिट । सोमबार बिहान जनआस्थाले विकास र ऐश्वर्याबीचको अफेयरबारे लगानीकर्तामध्येका एकसँग जिज्ञासा राख्यो । तर, उनले स्विकारेनन् । भने, ‘विकास त्यस्तो नेचरका मान्छे होइनन्, उनी सिने क्षेत्र बुझेका मान्छे हुन् । न त चलचित्रमा उनको लगानी नै छ । आफ्नै छोराको विवाह गर्ने तयारी गरिरहेका उनी सिने क्षेत्रमा भेटिएका सबैभन्दा असल मान्छे हुन्, यो गलत हल्ला हो ।’ कात्तिक ९ बाट प्रदर्शनमा आएको र राम्रै व्यापार गरेको सो चलचित्रमा रमेश र दीपिकाको अलावा केकी अधिकारी, विकास खतिवडा, अर्जुन श्रेष्ठ, तेन्जु योञ्जन, अर्जुनजंग शाहीलगायतको अभिनय  छ । दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रमा निर्मल शर्मासँगै, किरण राणा उप्रेती र अर्जुन श्रेष्ठहरूको लगानी छ । 

बेइज्जति होला है हजुर !
सवाल हाम्रा प्राज्ञहरूको आचरणको हो । भाषा, साहित्यको श्रीवृद्धि र उन्नयनका लागि काम गर्ने शपथ खाएका प्राज्ञ राजनीतिक दलको झोले बनेको उराठलाग्दो दृश्य देखा पर्न थालेको छ । त्यस्तो कर्ममा सबैभन्दा अगाडि देखिए बिसे नगर्जीका बयान ठोक्ने कलमजीवी श्रवण मुकारुङ । उनी चारतारे पार्टीमा पुगेका छन् । हालै मात्र कांग्रेसले गगन थापालाई चुनाव प्रचार प्रसार समितिको संयोजक बनायो र प्राज्ञको आचरण, मूल्य–मान्यता सबैलाई तिलाञ्जली दिँदै मुकारुङ त्यसको उपसमितिमा रमेका छन् । ४३ सदस्यीय चुनाव प्रचारप्रसार उपसमितिमा उनको नाम तीर्थ थापा र हरि अधिकारीको बीचमा छ । यसो त प्राज्ञहरूमा श्रवण एक्ला होइनन् दलको प्रचारमा हिँड्ने । उनीजस्तै एकेडेमीकै अर्काे प्राज्ञ परिषद् सदस्य मातृका पोखरेल माओवादी केन्द्रको चुनाव प्रचारमा सक्रिय छन् ।

त्यस्तै, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य माधव प्रधान एमालेको प्रचार प्रसारमा हिँडिरहेका छन् । त्यस्तै, दलका टोलीमा प्राज्ञ परिषद् सदस्यहरूमा संगीत नाट्यकै उदय श्रेष्ठ, पवित्रा घर्ती र उन्नति बोहरा शिलाहरू छन् । यता, ललित कला प्रज्ञा प्रतिष्ठानबाट सदस्य–सचिव नवराज भट्ट, परिषद् सदस्य रमेश श्रेष्ठहरू हिँडिरहेका छन् । त्यस्तै, दलको झोला बोक्दै हिँड्नेमा प्राज्ञ सभाका सदस्य वियोगी बुढाथोकी, हेमनाथ पौडेल, जगत प्रेक्षितलगायत पनि देखिन्छन् ।

टिप्पणीहरू