जहाज चढ्न लागेका १० जना नेपालीको भीसा नक्कली

जहाज चढ्न लागेका १० जना नेपालीको भीसा नक्कली

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्की हुँदै क्रोएसिया जान लागेका १० जना नेपालीको भीसा नक्कली भएको आशंकामा उनीहरुलाई अध्यागमन विभाग पठाइएको छ ।

शनिवार टर्कीस एअरलाइन्सको टीके ७२७ उडानबाट इस्तानबुल हुँदै क्रोएसिया जान लागेका १० जनामध्ये आठ जना सर्लाहीका र दुई जना सप्तरीका हुन् ।मानव बेचबिखन तथा ओसारपसार गर्ने अन्तर्राष्ट्रिय गिरोहको जालोमा परेर अमेरिकालगायतका मुलुकमा जाने उद्देश्यले हिँडेको आशंकामा उनीहरुलाई नियन्त्रणमा लिइएको बुझिएको छ ।

विमानस्थलबाट नियन्त्रणमा लिएर कारबाहीको लागि अध्यागमन विभाग पठाइएकाहरुमा सर्लाहीका विष्णुबहादुर ढुंगाना,चक्रबहादुर थापा,देवलाल बलमपाकि, वीरबहादुर क्याप्छाकी,दोरिकलाल लामिछाने मगर,आर एन बराइली, रामेश्वर राय र रामजीवन राय छन् ।

त्यसैगरी सप्तरीका ललितकुमार चौधरी र सगेन्द्रकुमार चौधरीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

टिप्पणीहरू