वडाध्यक्षले टेरेनन् अदालतको आदेश

वडाध्यक्षले टेरेनन् अदालतको आदेश

जनप्रतिनिधिले नै अदालतको आदेशलाई धोती लगाउन थालेपछि कानुनको पालना कसले गर्ने भन्ने प्रश्न उठ्न थालेको छ । त्यसक्रममा भक्तपुरको सूर्यविनायक नगरपालिका ४ का वडाध्यक्षले उच्च अदालतको अन्तरिम आदेश विपरित काम गरेका हुन् ।

यसअघि उच्च अदालत पाटनले दिएको अन्तरिम आदेशमा स्थानीय नागरिकको घरदैलो मासिने गरी डोजर नलगाउन भनिएको थियो । तर,आदेश एकातिर हुनेगरी वडाध्यक्ष उत्तम थापाले सडक बिस्तारको नाममा एकतर्फी डोजर चलाएको स्थानीयले बताएका छन् ।हिजो दिउँसो थापाको निर्देशनमा भित्र मान्छे हुँदाहुँदै जबर्जस्ती डोजरले घर भत्काएको उनीहरुको आरोप छ । डोजरले जथाभावी घर भत्काएर ध्वस्त बनाएपछि स्थानीय बिचल्लीमा परेका हुन् ।

डोजरले घर भत्काएको एक जना स्थानीयले जनआस्थासँग भने, ‘आफैँले मतदान गरेर जिताएका अध्यक्षले गुण्डागर्दी शैलीमा डोजरले पेले । अदालतको आदेशको पालना भएन ।’

टिप्पणीहरू