सुटरले दिएको संकेत

भारतीय सुटरहरू अत्याधुनिक पेस्तोलसहित काठमाडौंदेखि पोखरासम्म पक्राउ पर्नु र नेपालको पश्चिमी भेगका चुनावी कार्यक्रममा हानिरहित रूपले गोल्टिनबट्टा बम वा गोली पड्कँदैमा निर्वाचनमाथि चुनौती खडा भएको मान्न सकिएला ? सुरक्षासम्बन्धी जानकारका अनुसार यी त स्यालले चील आयो भनेर कुखुरा टिपेजस्तै उल्लु योजना हुन सक्छन् ।

सैनिक स्रोतका अनुसार नेपालमा छिमेकी राष्ट्रबाट अत्याधुनिक हतियारसहितका तालिमप्राप्त सुटरहरू भित्रिएका छन् । उनीहरूको मुख्य रणनीति चुनाव बिथोल्ने र यसका लागि भरसक वाम गठबन्धनको उच्चस्तरका नेतालई र नसकेमा कुनै पनि पार्टीका नेतामाथि धावा बोल्ने हो । यस्ता घटना घटाइसकेपछि पार्टीभित्रै रहेको अर्को पक्ष वा विरोधीमाथि दोष थोपरेर वास्तविक योजनाकार र दोषीलाई उम्काउने खेल पनि हुन लागेको सुरक्षासम्बद्ध स्रोतको अनुमान छ । 

मदन भण्डारी मुलुकलाई प्रभावशाली नेतृत्व प्रदान गर्ने हैसियतका नेताको रूपमा उदाउँदै गर्दा हत्याकाण्ड घट्यो र यसको दोष पार्टीभित्रकै मानिसमाथि थोपरी घटनालाई रहस्यमय बनाइयो । राजा वीरेन्द्रले सबैलाई समेटेर लाने तयारी भइरहेकै बेला दरबार हत्याकाण्ड घटाइयो र दोष भाइ ज्ञानेन्द्रमाथि लगाइयो । स्रोतकाअनुसार हाल नेपाल भित्रिएका शक्तिशाली सुटरहरू जस्तोसुकै कठिन परिस्थितिमा पनि तत्काल निर्णय लिन सक्ने क्षमताका छन् । यहीबेला नेपालको गृह मन्त्रालय करिब नेतृत्वविहीन छ । प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले लिएको भनिएको मन्त्रालय कर्मचारीले चलाइरहेका छन् । राजनीतिक किचलोले थिलथिलो भएको नेपाल प्रहरी एउटा छिमेकी देशको दूतावासबाट बढी प्रभावित भएको आरोप पनि छ ।

टिप्पणीहरू