झरीले बिथोल्यो इपीएल,लगातार ४ खेल प्रभावित

झरीले बिथोल्यो इपीएल,लगातार ४ खेल प्रभावित

मुलकुको हालसम्मकै सर्वाधिक ठूलो फ्रेन्चाइ लिग एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० को लगातार चौथो दिनको खेल पनि निरन्तरको झरीले प्रभावित भयो ।

वर्षाका कारण हिजो हुने भनिएको काठमाण्डौ किङ्स इलेभेन र पोखरा राइनोजबीचको खेल पनि स्थगित भएको हो । मैदान पूरै भिजेर ओसिलो भएका कारण शुरु हुन नसकेको सवा १२ बजेको खेल दिउँसोको पानीले झन् बिथोलेपछि स्थगित भएको हो ।

वर्षाका कारण हिजोका काठमाडौँ किङ्स एघार र बिराटनगर वारियर्स तथा चितवन टाइगर्स र भैरहवा गल्याडियटर्सबीचका दुवै खेल स्थगित भएका थिए ।

त्यसअघि आइतबार पनि भैरहवा गल्याडियटर्स र पोखरा राइनोजबीचको खेल वर्षाका कारण रोकिएको थियो । स्थगित भएका खेलहरु नयाँ मितिमा खेलाइने आयोजकले जनाएको छ ।

टिप्पणीहरू