सन्यास लिएका बिराजले च्यासलको कप्तानी गर्ने

सन्यास लिएका बिराजले च्यासलको कप्तानी गर्ने

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान बिराज महर्जनले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासल युथ क्लबको कप्तानी गर्ने भएका छन् ।

च्यासलले पत्रकार सम्मेलन गर्दै टिमलाई कप्तानी गर्न विराज महर्जनसँग एक वर्षको अनुबन्ध गर्दै उनलाई कप्तानीको जिम्मेवारी दिइएको जनाएको हो । अघिल्लो सिजनमा मछिन्द्र क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलेका बिराजको टोली विजयी भएको थियो ।

अखिल नेपाल फुटबल संघले आयोजना गर्ने सहिद स्मारक ‘ए’ डिभिजन लिग कात्तिक २९ बाट आयोजना हुँदै छ । अनुभवी डिफेन्डर बिराजले यसअघि न्यूरोड टिम (एनआरटी), थ्री स्टार, संकटा र मनाङ मर्स्याङ्दीबाट खेलिसकेका छन् ।

यस्तै च्यासलले स्कटल्याण्डका ली मान्सनलाई पनि हिजैदेखि प्राविधिक निर्देशक नियुक्त गरेको जानकारी दिएको छ ।

पछिल्लो पटक लाओस फुटबल क्लबको प्राविधिक निर्देशकको रुपमा काम गरेका लीलाई क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि नियुक्त गरेको हो ।

टिप्पणीहरू