क्याबिनेट बिस्तारमा अझै कठिनाइ,टुंगो लागेन क-कसले कति पाउने

क्याबिनेट बिस्तारमा अझै कठिनाइ,टुंगो लागेन क-कसले कति पाउने

राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्तासँगै तत्काल हुने भनिएको क्याबिनेट विस्तार मन्त्रालयको भागबण्डा नमिल्दा रोकिएको छ । उच्च राजनीतिक स्रोतका अनुसार एकीकृत समाजवादीले पाएकै संख्यामा मन्त्रालय पाउनुपर्ने जनता समाजवादी पार्टीको दाबीपछि क्याबिनेट विस्तार आजलाई रोकिएको हो ।

एकीकृत समाजवादीले उपसभामुखको दावी छाडेर बरु सात मन्त्रालय मागेको र जसपाले पनि सोही संख्यामा मन्त्री खोजेका कारण क्याबिनेट विस्तार रोकिएको स्रोतले दाबी गरेको छ । यद्यपि गठवन्धनका नेताहरुले भने मन्त्रालय भागबण्डामै सहमति जुटिनसकेकाले संख्यामा विवाद भएको भन्ने कुरा सत्य नभएको बताएका छन् ।

मैले बुझेअनुसार मन्त्रीको नाम बुझाइएको छैन । पार्टीमा निर्णय भएको पनि मलाई थाहा छैन । कसले कुन मन्त्रालय लिने भन्ने सहमति भैसकेकाले नाम बुझाएको भन्ने कुरा सत्य हो भन्ने लाग्दैन’,

मन्त्रिपरिषदमा सम्मानजनक हैसियत खोज्नु स्वभाविक हुने भन्दै जसपाकी नेतृ रेणु यादवले मन्त्रीको संख्यालाई लिएर गठवन्धनमा विवाद भएको भन्ने कुरा सत्य नभएको बताउनुभयो । यद्यपि पार्टी विभाजन भएको अप्ठेरो अवस्थामा धेरै नेतालाई व्यवस्थापन गर्नुपर्ने कठिनाइलाई गठवन्धनका अन्य दलहरुले बुझेर सहज रुपमा लिने उहाँको विश्वास छ ।

यादवले पार्टीले अहिलेसम्म सरकारमा जानेको नामबारे कुनै निर्णय नगरेको पनि जानकारी दिनुभयो । ‘अहिले हाम्रो पार्टीको प्रदेश २ का केन्द्रीय सदस्यहरुको जनकपुरमा भेला चलिरहेको छ । अध्यक्षज्यू यहीँ हुनुहुन्छ । उहाँ भोलि काठमाडौँ फर्केपछि गठवन्धनमा छलफल हुन्छ त्यसपछि पार्टीमा छलफल गरेर नाम टुंगो लगाउँछौँ ‘,उहाँले भन्नुभयो ।

जसपाले वरिष्ठ नेता राजेन्द्रप्रसाद श्रेष्ठको नेतृत्वमा सरकारमा जाने तयारी गरिरहेको बताइएको छ । यता, एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले पनि संख्यामा कुनै विवाद नरहेको बताउनुभयो । समाजवादीले मन्त्रीको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको भन्ने चर्चालाई पनि उहाँले अस्वीकार गर्नुभएको छ । यसअघि नेता विरोध खतिवडाको नेतृत्वमा समाजवादीले सरकारमा जानेको नाम टुंगो लगाएको चर्चा थियो ।

‘अहिले हाम्रो पार्टीको प्रदेश २ का केन्द्रीय सदस्यहरुको जनकपुरमा भेला चलिरहेको छ । अध्यक्षज्यू यहीँ हुनुहुन्छ । उहाँ भोलि काठमाडौँ फर्केपछि गठवन्धनमा छलफल हुन्छ त्यसपछि पार्टीमा छलफल गरेर नाम टुंगो लगाउँछौँ ‘,

‘मैले बुझेअनुसार मन्त्रीको नाम बुझाइएको छैन । पार्टीमा निर्णय भएको पनि मलाई थाहा छैन । कसले कुन मन्त्रालय लिने भन्ने सहमति भैसकेकाले नाम बुझाएको भन्ने कुरा सत्य हो भन्ने लाग्दैन’, श्रेष्ठले भन्नुभयो । यद्यपि लामो समय सरकारले पूर्णता: नपाउँदा जनस्तरमै असन्तुष्टि बढेको भन्दै उहाँले अब ढिलोमा ३ दिनभित्र क्याबिनेट विस्तार हुने बताउनुभयो ।

यसअघि जसपा र समाजवादीकै कारण क्याबिनेट विस्तारमा ढिलाई भएको बताइएको थियो । जसपाले अध्यादेश खारेज गरेर मात्र सरकारलाई पूर्णता: दिनुपर्ने अडान राख्दै आएको थियो । समाजवादीले भने पार्टीको वैधानिकतामाथि प्रश्न उठाएर सर्वोच्च अदालतमा रिट परेकाले मुद्धा विचाराधीन रहँदासम्म अध्यादेश खारेज नगर्न सरकारलाई आग्रह गर्दै आएको थियो । जसका कारण प्रभावित बनेको क्याबिनेट विस्तार हिजो अध्यादेश फिर्ता भएसँगै बाटो खुलेको थियो ।

असार २९ गते प्रधानमन्त्रीको शपथ लिनुभएका प्रधानमन्त्री देउवाले अहिलेसम्म मन्त्रिपरिषद विस्तार गर्न सक्नुभएको छैन । सरकार गठन भएको झन्डै साढे दुई महिना हुन लाग्दा पनि गठबन्धनको आन्तरिक समस्याका कारण सरकारले पूर्णता: नपाउँदा आमरुपमै आलोचना हुन थालेको छ ।

टिप्पणीहरू