कोरोनाबाट १२ को मृत्यु, ११ सय संक्रमित

कोरोनाबाट १२ को मृत्यु, ११ सय संक्रमित

आज मुलुकभर १ हजार १ सय ५८ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ११ हजार ६ सय ७२ जनामा पीसीआर तथा २ हजार ३ सय ३१ जनामा एन्टिजेन गरी १४ हजार ३ जनामा परीक्षण गरिँदा उक्त संख्या थपिएको हो ।

त्यसैगरी आज संक्रमणका कारण १२ जनाको निधन भएको छ । योसँगै मुलुकभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १ सय १५ पुगेको छ । यसबीचमा १ हजार ३ सय १८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

मुलुकभर अझै १८ हजार ४ सय २२ जना सक्रिय संक्रमित छन् । तीमध्ये १७ हजार १ सय २५ जना होम र १ हजार २ सय ९७ जना संस्थागत आइसोलेसनमा बसेका छन् ।

संक्रमितमध्ये ३ सय ६४ जनाको आइसीयु र १ सय २० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । ३ सय २८ जनालाई भने क्वारेन्टाइनमा राखिएको छ ।

टिप्पणीहरू