खैरो हेरोइनका दुई कारोबारी फेला परे

खैरो हेरोइनका दुई कारोबारी फेला परे

झापा बिर्तामोडबाट प्रहरीले ब्राउन सुगरसहित दुई जना कारोबारीलाई पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा झापा कन्काई नगरपालिका ९ का २६ बर्षीय टेकराज साह र २४ बर्षीय विकास मर्डी रहेका छन् ।

प्रहरीले दुवैलाई हिजो साँझ बिर्तामोड नगरपालिका १ पन्चकन्या प्लटिङबाट पक्राउ गरेको हो । पक्राउ पर्दा साहको साथबाट प्रहरीले लागूऔषध ब्राउन सुगर ०५ ग्राम र मर्डीको साथबाट ४ ग्राम ५ मिलिग्राम फेला पारेको थियो ।

त्यसपछि सोधपुछपछि प्रहरीले मर्डीको बिर्तामोड १ मा रहेको डेरामा छापा मार्दा १४२ ग्राम ३७ मिलिग्राम ब्राउन सुगर,नगद २ लाख ६९ हजार ३ सय रुपैयाँ,डिजिटल तराजु १ थान,क्याननको डिजिटल क्यामेरा -थान १ समेत फेला पारेको छ । यसले उनी यस क्षेत्रमा ब्राउन सुगरको खरिद बिक्रीमा सक्रिय रहेको खुलेको छ ।

प्रहरीले उनले चलाउने प्र. १-०१-०१२ प ९५४५ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुवैविरुद्ध थप अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ ।

टिप्पणीहरू