आज पनि राजधानीमा चीनविरोधी प्रदर्शन

आज पनि राजधानीमा चीनविरोधी प्रदर्शन

राजधानीमा दिनदिनै चीनविरोधी प्रदर्शन हुन थालेको छ । आज पनि चीनले नेपालको भूमि मिचेको आरोप लगाउँदै जनता समाजवादी पार्टीको युवा संघले माइतीघरमा प्रदर्शन गरेको हो ।

लोकतान्त्रिक युवा संघले चीनसँग सीमा जोडिएका विभिन्न जिल्लाको भूमि मिचिएको र हुम्लाको १२ नम्बर पिल्लर सारिएको आरोप लगाएको छ । संघका अध्यक्ष मुकेश झाको नेतृत्वमा उपस्थित केही प्रदर्शनकारीले ब्यानरसहित चीनको बिरोधमा नारा लगाएका छन् ।

उनीहरुले चिनियाँ विस्तारवाद मूर्दावाद,नेपाली भूमि अतिक्रमण बन्द गर,चीनद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता गर,हुम्लाको सीमानामा रहेको १२ नम्बर पिल्लर सार्न पाईंदैनलगायत नारा लगाएका छन् ।

सरकारद्वारा चीनसँग जोडिएको सीमानाको स्थलगत अध्ययन गर्न गठित टोलीले अस्ति रिपोर्ट बुझाएपछि चीनबिरोधी प्रदर्शन हुन थालेको छ । हिजो पनि राष्ट्रिय एकता अभियानले माइतीघरमा त्यस्तै प्रदर्शन गरेको थियो ।

टिप्पणीहरू