सिडियोहरुहरुलाई भोट माग्दैको सास्ती

सिडियोहरुहरुलाई भोट माग्दैको सास्ती

नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा राज्य संयन्त्रको दुरुपयोग भैरहेको संस्थापनइतर पक्षले आरोप लगाइरहेका बेला स्थानीय तहको अधिवेशनमा उम्मेदवारहरुले आफ्नो पक्षमा माहोल बनाइदिन सरकारी कर्मचारी र सुरक्षा अंगलाई दवाव दिएको खुलेको छ ।

केही दिनअघि सम्पन्न पालिकास्तरीय अधिवेशनमा कपिलवस्तुको स्थानीय तहका उम्मेदवारहरुले सहयोगका लागि आग्रह गर्दै सरकारी कर्मचारीलाई फोन गरेको खुलासा भएको हो ।

गृहमन्त्री बालकृष्ण खाँणनिकट मानिने जिल्ला सभापतिका उम्मेद्वारको चर्चामा रहेका राजेश आचार्यले समेत अप्रत्यक्ष सहयोग मागेको एक कर्मचारीले बताए । अन्य उम्मेदवारले पनि ‘लौ न हजुर हेरिदिनुपर्यो’ भनेर सहयोगको अपेक्षा गर्ने गरेको दावी गरिएको छ ।

बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले राज्य संयन्त्रको दुरुपयोग गरेर महाधिवेशन आफ्नो पक्षमा पार्न खोजेको आरोप लगाइरहेको छ ।

देउवाको गृहजिल्ला डडेलधुराको अधिवेशनमा त्यस्तै गरिएको पौडेल पक्षले सार्वजनिक रुपमै आरोप लगाएको थियो ।

टिप्पणीहरू