२ नम्बरमा लोसपा दलको नेता बने सोनल

२ नम्बरमा लोसपा दलको नेता बने सोनल

नवगठित लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेश २ संसदीय दलको नेतामा जितेन्द्र सोनललाई निर्वाचित गरेको छ । सँसदीय दलको नेता छान्न जनकपुरधामको एक होटलमा बसेको बैठकले सोनललाई निर्वाचित गरेको हो ।

बैठक लोसपा अध्यक्ष महन्थ ठाकुरको प्रमुख आतिथ्यमा बसेको ती नेताले बताए । अन्तिमसम्म सहमति गर्ने प्रयास असफल भएपछि अबेर राति भएको निर्वाचनबाट सोनल निर्वाचित भएका हुन् ।

लोसपाको प्रदेश दुईमा १६ जना सांसद छन् । तीमध्ये ९ मत ल्याएर सोनल दलको नेता बनेका हुन् । सोनलसँग उपेन्द्र महतोले प्रतिस्पर्धा गरेका थिए । महतोले मात्र ६ मत पाए भने एक मत बदर भएकोे लोसपाका एक नेताले जानकारी दिए ।

दलका नेता बनेका सोनल बारा क्षेत्र नम्वर ४ ‘ख’ बाट निर्वाचित सांसद हुन् ।

टिप्पणीहरू