थप्नलाई प्रचारमा थपक्क

३० वर्षे सेवा अवधि हटाउने नेपाल राष्ट्र बैंकको योजना तत्कालका लागि रोकिएकै बेला स्वास्थ्यय मन्त्रालय त्यस्तै दौडादौडमा छ ।
राष्ट्रकवि माधव घिमिरेपुत्री किरण रेग्मीको स्वार्थअनुकूल ६२ वर्षे उमेरहदको चलखेल छ ।

अन्य सेवामा कर्मचारीको उमेर हद ५८ भए पनि स्वास्थ्ययसेवाका कर्मचारीको उमेर हद यसअघि नै ६० तोकिएको छ । यही नियमानुसार मंसिर १८ गतेबाट किरण घर जाँदै छिन् तर आफूले अवकाश पाउनुअगावै त्यहाँका कर्मचारीको उमेर हद २ वर्ष थप्ने धुनमा किरणहरूको सक्रियता बढ्दो छ । र, उनलाई यो कार्यमा डा. भोलाराम श्रेष्ठहरूले सघाइरहेका छन् । भोला सहसचिव हुन् । यसअघि दुर्गम जिल्लामा बसेका उनलाई गगन थापा स्वास्थ्ययमन्त्री हुँदा मन्त्रालयमा तानिएको थियो । स्वास्थ्यका कर्मचारीले मन्त्रालयको देखावटी सचिव रेग्मी र वास्तविक सचिव भोला श्रेष्ठ भएको चर्चा गर्छन् । 

यसअघि चितवनलगायत धेरै जिल्लामा भोला र किरण एउटै कार्यालयमा बिताएका थिए । यति मात्र होइन, उनीहरू धेरै पटक सँगसँगै विदेश शयरसमेत गरेका थिए र मन्त्रालयमा पनि एकै समयमा तानिएका हुन् । किरणलाई सचिव बनाउँदा मन्त्रिपरिषद्मा तीन जना सिनियर कर्मचारीको नाम पेस भएको थियो । विशिष्ट कर्मचारीको आधारमा अरू नै सचिव बन्नुपर्नेमा ती तीन कर्मचारीको फाइल तीन महिनासम्म पेण्डुलम पारेर किरणलाई सचिव बनाइएको हो । 

अहिले उनै किरणको स्वार्थमा स्वास्थ्य सेवाका कर्मचारीको उमेरहद ६० बाट ६२ बनाउने तयारी चल्दै छ । यो विषयमा प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्री दीपक बोहरालाई निर्देशनसमेत दिएर कुरा अगाडि बढाइसकेका छन् । स्वास्थ्य सेवाका कर्मचारीको उमेरहद बढाउन किरण कतिसम्म सक्रिय छिन् भने वर्तमान स्वास्थ्यमन्त्री चुनाव प्रचारप्रसारको क्रममा रूपन्देही पुगेका छन् । उनै मन्त्रीलाई भेट्न किरण गत बिहीबार बुटवल पुगेर मन्त्रीको हस्ताक्षर बोकेर उनी शुक्रबार नै राजधानी फर्किएकी छन् । स्वास्थ्यसेवाका कर्मचारीको उमेरहद ६० बाट ६२ पु¥याउँदा धेरै कर्मचारी लाभान्वित हुने नै भए । यही बहानामा उच्चपदस्थ कर्मचारीबाट रकम असुली तीव्र पारिएको छ । कतिसम्म चर्चा छ भने हालै मात्र फस्ट लेडी आरजु राणाले धनगढी–४ उत्तरबेहडीमा तीन कठ्ठा तीन धुरमा दुईतले सुविधासम्पन्न घर तीन करोड नयाँ बंगला खरिद गरेकी छन् । उक्त बंगला खरिद गर्दा किरणहरूको समेत योगदान रहेको छ ।

त्यही बलमा किरण र भोलाहरूले संघीय निजामती सेवा ऐन अध्यादेशमार्फत स्वास्थ्य सेवाका कर्मचारीको उमेर हद ६२ बनाउने तयारी गरिरहेको चर्चा स्वास्थ्यका कर्मचारीले गर्ने गरेका छन् । 

त्यस्तै, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको प्रमुख बद्रीबहादुर खड्कालाई फालेर त्यो ठाउँमा सुनील शर्मालाई ल्याउने गरी मन्त्री दीपक बोहराले पेस्की हात पारेको स्रोत बताउँछ । उता, कथंकदाचित किरणको उमेरहदको कुरा मिलेन भने पुष्पा चौधरीलाई सचिव बनाउने गरी बोहरा सक्रिय भएका छन् । 

टिप्पणीहरू