राजतन्त्र फर्काउन जुलुशको सहारा

राजतन्त्र फर्काउन जुलुशको सहारा

आज राजधानीमा राजतन्त्र पुनर्बहालीको माग गर्दै राजावादीहरुले प्रदर्शन गर्ने भएका छन् । राष्ट्रवादी नागरिक समाजले हिन्दू राष्ट्र र राजतन्त्र पुनर्बहालीको मागसहित आज दिउँसो १ बजे रत्नपार्कबाट प्रदर्शन गर्न लागेको हो ।

आज पनि नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा रिले अनसन तथा धर्ना कार्यक्रम हुँदैछ । बिहान ९ बजेबाट उक्त कार्यक्रम रौतहटका काँग्रेसीहरुले गर्दै आएका हुन् । क्रियाशील सदस्यता वितरणमा भएको धाँधलीविरुद्ध काँग्रेसको पार्टी कार्यालयमा साउनदेखि धर्ना हुँदै आएको छ ।

नेपाल वायुसेवा निगमको मुख्य कार्यालय,न्यूरोड गेटमा कर्मचारीहरुले गर्दै आएको आन्दोलन आज पनि जारी छ । तीन वटा कर्मचारी युनियनले असारदेखि गर्दै आएको धर्ना आज पनि बिहान साढे १० बजेदेखि दिउँसो साढे १२ बजेसम्म हुुन लागेको हो ।

नेकपा (एमाले) को कार्यदल बैठक आज बिहान ११ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा बस्दैछ ।

आज संसदमा धेरै वटा समितिको बैठक बोलाइएको छ । जसअनुसार महिला तथा समाजिक समितिको बैठक समितिको सभाकक्ष, सिंहदरबारमा बिहान ११ बजे बस्नेछ ।

बिहान ११ बजे नै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, शिक्षा तथा स्वास्थ्य समितिको बैठक, दीगो विकास तथा सुशासन समितिको बैठक समितिको सभाकक्षमा बोलाइएको छ ।

त्यसैगरी प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक दिउँसो साढे १२ बजे संसद सचिवालय, सिंहदरबारमा बोलाइएको छ ।

टिप्पणीहरू