कीर्तिपुरमा १६ वर्षे किशोर १ किलो लागुपदार्थसहित समातिए

कीर्तिपुरमा १६ वर्षे किशोर १ किलो लागुपदार्थसहित समातिए

हिजो अपरान्ह कीर्तिपुरमा एक जना किशोर एक किलो लागुपदार्थ ‘पोल्याण्ड’ सहित पक्राउ परेका छन् ।

चोभारको विष्णुदेवी मन्दिर नजिकै हिँड्दै गरेको अवस्थामा ती किशोरको साथबाट लागुपदार्थ बरामद भएको हो ।

प्रहरीले मकवानपुरको थाहा नगरपालिका,पालुङ टिस्टुङ घर भएका र हाल कीर्तिपुरको पाँगामा बस्ने १६ वर्षे सन्दिप तामाङलाई पक्राउ गरेको हो ।

टेपले बेरेर उक्त लागु पदार्थ बोकेको अवस्थामा प्रहरीले उनलाई समातेको थियो ।

टिप्पणीहरू