सरकारले यता फिर्ता बोलाउने,राजदूत उता स्वागत खाने

सरकारले यता फिर्ता बोलाउने,राजदूत उता स्वागत खाने

सरकारद्वारा ३ हप्ताभित्र आइपुग्ने गरी स्वदेश फिर्ता बोलाइएका केही राजदूत फर्किने तरखरको सट्टा विभिन्न स्वागत कार्यक्रममा सहभागी भइरहेका छन् । त्यो क्रममा अहिले सबैभन्दा अगाडि अमेरिकाका लागि राजदूत डा.युवराज खतिवडा देखिएका हुन् ।

गत साता सरकारले खतिवडालगायत ११ वटा मुलुकमा राजनीतिक नियुक्ति लिएका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । तर उनले शनिवार मासाचुसेट्स राज्यका राज्य प्रतिनिधिहरु (काँग्रेस) सँग औपचारिक भेटघाट गरेका छन् । उनी त्यहाँका सांसदहरुसँग भेट्न बोस्टन शहर पुगेका हुन् ।उनी त्यस अवसरमा राजदूतकै हैसियतमा सहभागी भएको बोस्टनमा आयोजित एउटा स्वागत तथा रात्रीभोजका सहभागीहरुले बताएका छन् । जबकि सरकारद्वारा फिर्ता बोलाइसकिएका राजदूत स्वागत कार्यक्रममा सहभागी हुनुलाई सहभागीहरुले अनौठो मानेका छन् ।

खतिवडाले उक्त राज्य सिनेटका वैकल्पिक सिनेटर ब्राउनस बर्गर, राज्य जनप्रतिनिधि डोनाल्ड वङ्ग र एसियन ककसका ट्याकी चानसँग भेटघाट गरेका हुन् । त्यसैगरी राज्यसभाका गभर्नर,सिनेटर,बोस्टन नगर प्रमुख तथा सभामुखलाई समेत उनले भेटेका छन् ।

टिप्पणीहरू