बलात्कार गरेर भाग्ने युवक फन्दामा

बलात्कार गरेर भाग्ने युवक फन्दामा

जबरजस्ती करणी मुद्दामा कैद सजायँ तोकिएका मकवानपुरको हेटौँडा उपमहानगरपालिका ९ का एक युवकलाई प्रहरीले पक्रेको छ । पक्राउ पर्नेमा ओम पुलामी मगर छन् ।

जिल्ला अदालत हेटौँडाले २०७७ साल चैत १८ गते मगरलाई करणी मुद्दामा २ बर्ष ६ महिना कैद सजायँ तोकेको थियो ।

अदालतको फैसला कार्यान्वयन नगरी लुकेर बसिरहेका मगरलाई पक्राउ गरी अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयइश्वर रिमालले बताउनुभयो ।

टिप्पणीहरू