स्कुटीको ठक्करबाट एक वृद्धको मृत्यु

स्कुटीको ठक्करबाट एक वृद्धको मृत्यु

उदयपुरमा स्कुटीको ठक्करले एक जना वृद्धको ज्यान गएको छ । ज्यान जानेमा उदयपुर बेलका नगरपालिका ३ त्रिवेणी चोकका ७० बर्षीय हिरण्यबहादुर बस्नेत रहेका छन् ।

उनलाई सोही स्थानमा हिजो बेलुका साढे ७ बजे उत्तरबाट दक्षिण तर्फ गईरहेको बा.६६ प ६०५३ नम्बरको स्कुटीले ठक्कर दिई घाईते बनाएको थियो । घाइते भएपछि उनलाई उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।

उनको उपचारकै क्रममा आज विहान मृत्यु भएको थियो । वृद्धलाई ठक्कर दिने स्कुटी र चालक सोही गाउँ २६ बर्षीय एकराज बिकलाई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू