पोखराको डाँडा डाँडामा विदेशी राजदूतहरु

पोखराको डाँडा डाँडामा विदेशी राजदूतहरु

आज पोखरा वरिपरिका डाँडामा नेपालका लागि ११ वटा मुलुकका राजदूतहरुले पैदल यात्रा (हाइकिंग) गरेका छन् । विश्व पर्यटन दिवसको अवसरमा पोखरामा ११ देशका राजदूतहरुलाई पहाड चढाइएको हो ।

नेपाल पर्यटन बोर्ड गण्डकी,पोखरा पर्यटन परिषद् र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलको समन्वयमा राजदूतहरुलाई निम्तो दिइएको हो । राजदूतसहित कूटनीतिक नियोगका प्रमुखहरुले समेत पोखरा २४ स्थित देउरालीको अपाङ्गमैत्री पदमार्गको हाइकिङ गरेका हुन् ।पोखरा खुला र सुरक्षित छ भन्ने सकारात्मक सन्देश प्रवाह गर्दै पोखराको पर्यटनलाई चलायमान गराउने उद्देश्यका साथ विशिष्ट पाहुनालाई हिजो पोखरा आगमन गराइएको थियो ।

तस्विर  : राधिका कडेल 

टिप्पणीहरू