२४ घण्टामा सात जनाको मृत्यु, १ हजार २८२ संक्रमित थपिए

२४ घण्टामा सात जनाको मृत्यु, १ हजार २८२ संक्रमित थपिए

गत २४ घण्टामा मुलुकभर १ हजार २८२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ८१ जनामा पीसीआर तथा ३ हजार ४ सय ७ जनामा एन्टिजेन गरी १५ हजार ४ सय ८८ जनामा परीक्षण गरिँदा उक्त संख्यामा संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै,सोही अवधिमा संक्रमणबाट ७ जनाको निधन भएको छ । योसँगै मुलुकभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १०३ पुगेको छ । यसबीचमा १ हजार २६२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

मुलुकभर अझै १८ हजार ८ सय ८४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १७ हजार ५ सय ३५ जना होम र १ हजार ३ सय १३ जना संस्थागत आइसोलेसनमा छन् ।

संक्रमितमध्ये ३८५ जनाको आइसीयु र १२५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । २५६ जनालाई भने क्वारेन्टाइनमा राखिएको छ ।

टिप्पणीहरू