त्रुटीपूर्ण संविधानका कारण राजनीतिक अस्थिरता बढेको महन्थ ठाकुरको दाबी

त्रुटीपूर्ण संविधानका कारण राजनीतिक अस्थिरता बढेको महन्थ ठाकुरको दाबी

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढेको दाबी गर्नुभएको छ । आज पार्टीका महिला नेतृहरुले जनकपुरमा आयोजना गरेको जितिया पर्वको कार्यक्रममा बोल्दै ठाकुरले उक्त कुरा बताउनुभएको हो ।

मुलुकमा राजनीतिक अस्थिरता रहे पनि मधेस समस्या समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई उहाँले ध्यानाकर्षणसमेत गराउनुभएको छ । अध्यक्ष ठाकुरले अन्तरिम संविधानले दिएको अधिकारसमेत कटौती गरेकाले संविधान संशोधन गर्नुपर्ने अडानमा आफ्नो पार्टी रहेको स्पष्ट पार्नुभएको छ ।

उहाँको भनाइ छ, ‘संविधान संशोधन, मधेश आन्दोलनकारीमाथि लगाइएको झुठा मुद्दा फिर्ता, नागरिकता समस्या समाधान, समावेशितालगायतको मुद्दामा निरन्तर सवाल उठाउँदै आइरहेका छौँ ।’

टिप्पणीहरू