माइतीघरमा चीन विरोधी प्रदर्शन, चिनियाँ राष्ट्रपतिको फोटो जलाउन खोज्ने पक्राउ

माइतीघरमा चीन विरोधी प्रदर्शन, चिनियाँ राष्ट्रपतिको फोटो जलाउन खोज्ने पक्राउ

छिमेकी मित्रराष्ट्र चीनले नेपालको सिमाना अतिक्रमण गरेको भन्दै राष्ट्रिय एकता अभियानको नाममा काठमाडौंमा चीनविरोधी प्रदर्शन भएको छ ।

अभियानका संयोजक विनय यादवको नेतृत्वमा भएको प्रदर्शनमा चिनियाँ हस्तक्षेप बन्द गर,सीमा अतिक्रमण बन्द गर,अघोषित नाकाबन्दी खुल्ला गर जस्ता नारा लगाइएको छ ।

प्रदर्शनकारीले चिनियाँ राष्ट्रपति सि जिन पिङ्गको तस्बिर जलाउन खोज्नेलाई पक्राउ गरेको छ । सरकारले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा गठन गरेको सीमा स्थलगत अध्ययन कार्यदलले हिजो प्रतिवेदन बुझाएलगत्तै आज अभियानको नाममा चीनविरोधी प्रदर्शन गरिनुलाई अर्थपूर्ण ठानिएको छ ।

टिप्पणीहरू