निर्माणाधीन घरबाट खसेर ठहरै

निर्माणाधीन घरबाट खसेर ठहरै

निर्माणाधीन घरको तेस्रो तलामा खसेर बुटवलमा एक जनाको ज्यान गएको । घरको प्लास्टर गर्ने क्रममा खटको बाँस भाँचिएर खस्दा एक जनाको ज्यान गएको छ । बुटवल उपमहानगरपालिका १४, पत्थरगञ्जस्थित देवबहादुर खत्रीको निर्माणाधीन घरमा मिस्त्रीको काम गर्दै आएका दाङका ३० वर्षीय किसन चौधरीको मृत्यु भएको हो ।

बाँस भाँचिएर खसेपछि गम्भीर घाइते भएका चौधरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । सोही क्रममा खसेर घाइते भएका बाँकेका २५ वर्षीय गोविन्दप्रसाद थारुको भने सोही अस्पतालमा उपचार भइरहेको छ ।

टिप्पणीहरू