मन्त्रिमण्डल विस्तारबारे प्रचण्ड र माधवबीच कोटेश्वरमा वार्ता

मन्त्रिमण्डल विस्तारबारे प्रचण्ड र माधवबीच कोटेश्वरमा वार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको क्याबिनेटलाई बिस्तार गर्ने सम्बन्धमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बिहान झण्डै एक घण्टा छलफल भएको छ ।

नेपाल निवास कोटेश्वरमा भएको दुई अध्यक्षबीचको भेटवार्ताबारे सबै कुरा बाहिर आएको छैन । तर, हिजो दिउँसो बालुवाटारमा भएको सत्ता गठबन्धनबीचको छलफलमा अध्यक्ष दाहालले प्रधानमन्त्री देउवालाई दुई तीन दिनभित्र क्याबिनेट बिस्तार नगरे आफ्ना दुई जना मन्त्री फिर्ता गरेर गठबन्धनलाई निरन्तरता दिने चेतावनी दिनुभएको थियो ।

आज त्यहि विषय र राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ताबारे दाहाल र नेपालबीच कुराकानी भएको स्रोतले बताएको छ ।

टिप्पणीहरू