लुम्बिनीका मुख्यमन्त्रीको कार्यालय अघिल्तिर नाराबाजी

लुम्बिनीका मुख्यमन्त्रीको कार्यालय अघिल्तिर नाराबाजी

राष्ट्रिय महिला अधिकार मञ्च बाँकेले आज लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय अघिल्तिर नाराबाजी गर्ने भएको छ । बाँकेकी नन्कुन्नी धोबी र नेपालगञ्जकी निर्मला कुर्मीको हत्याको अनुसन्धान अगाडि बढाउन दबाब दिने उद्देश्यले मुख्यमन्त्री धर्ना दिन लागिएको हो ।

हिजो मुख्यमन्त्री कुलबहादुर केसीले तीन दिनभित्र टोली गठन गरेर निष्पक्ष अनुसन्धान गर्ने आश्वासन दिए पनि मञ्चले अनुसन्धान अगाडि बढाउन दबाब दिन लागेको हो । उनीहरुले टोली गठन नभएसम्म तीन दिन मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिने जनाएका छन् ।

मञ्चकी केन्द्रीय सदस्य सकिना तेली र रुबि खानको नेतृत्वमा मृतकका परिवार,आफन्त र १६ जनाको पैदल यात्रा टोली नेपालगञ्जबाट हिँडेरै बुटवलसम्म पुगी आजदेखि धर्ना दिन लागेको हो ।

मञ्चले मृतकको हत्यामा संलग्न दोषीहरुलाई तत्काल पक्राउ गरी कारबाहीको माग समेत गरेको छ । त्यस्तै महिला अधिकारकर्मीहरुलाई अभद्र व्यवहार गर्ने बाँके जिल्ला प्रहरी कार्यालयका एसपी श्यामकृष्ण अधिकारी तथा डिएसपी मधुसुदन न्यौपानेलाई तत्काल कारबाही गर्नुपर्नेलगायतका माग राख्दै आएको छ ।

नन्कुन्नी घरेलू हिंसा पीडित महिला हुन् । निर्मला कुर्मी एकल महिला हुन् जसलाई अपहरण र शरिर बन्धक गरी कर्तव्य ज्यानको प्रयास भएको थियो ।

टिप्पणीहरू