व्यस्त अफ्रिदी एक छिन फुर्सदिलो हुँदा (फोटो फिचर)

व्यस्त अफ्रिदी एक छिन फुर्सदिलो हुँदा (फोटो फिचर)

पाकिस्तानका विश्वविख्यात क्रिकेट खेलाडी साहिद अफ्रिदी बिहीबारदेखि काठमाडौंमा छन् । हिजोदेखि शुरु भएको एभरेष्ट प्रिमियर लिग (इपीएल) मा काठमाडौं किङ्स इलेभेनबाट सन्दिप लामिछानेसँगै खेलिरहेका छन् ।

क्रिकेटको दुनियाँमा अफ्रिदीको क्रेज अन्य देशमा झैँ नेपालमा पनि उस्तै छ । हिजोको पहिलो खेलमा उनीप्रति हजारौं घरेलु दर्शकले देखाएको समर्थनले पनि त्यो पुष्टि गरेको छ ।

चार रात पाँच दिन नेपाल बसाईमा उनी निकै व्यस्त देखिएका छन् । क्रिकेट प्रतियोगितामा खेल्नु, व्यापारिक तथा व्यावसायिक प्रतिष्ठानहरुको कार्यक्रममा सहभागी हुनु उनको नेपाल बसाईको प्रमुख तालिका हो ।

चर्को व्यस्तताको बाबजुद पनि अफ्रिदीले आज काठमाडौं बस्ने पाकिस्तानी समुदायसँग एक छिन भलाकुसारी गरे । आज केही बेर फुर्सदिलो देखिएका अफ्रिदीलाई जनआस्थाका फोटो पत्रकार पुष्प केसीले फोटोमा कैद गरेका छन् ।

 

टिप्पणीहरू