एमालेमा सत्तरीको पर्खाल कायमै

एमालेमा सत्तरीको पर्खाल कायमै

नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा उपमहासचिव विष्णु पौडेलले ७० वर्षे उमेरहद नहट्ने बताएका छन् । यो प्रवधान रहेसँगै अबको एमाले यात्रा थप प्रष्ट भएको छ ।

बैठकमा शीर्ष नेताहरुले प्रस्तुत गरेका प्रतिवेदनमध्ये यस पटकको हट केक उपमहासचिव विष्णु पौडेलको विधान बनेको छ । एमालेमा सर्वप्रथम उमेर हदवारे आवाज नेता प्रदीप नेपालले उठाएका थिए ।

सोहि प्रावधान व्यवस्थापन गर्न भन्दै नेता मोदनाथ प्रश्रितले व्यवस्था लागु नहुँदै ७० वर्षमै सक्रिय राजनीतिबाट विदा लिएका थिए । यसअघि नेता सिध्दिलाल सिंह र भरतमोहन अधिकारीले पनि ७० वर्षे कार्यान्वयन गर्दै पार्टी सक्रियताबाट विदा लिएका थिए ।

यो विधानलाई विधान महाधिवेशनले जस्ताको तस्तै अनुमोदन गरे नेताहरु अमृत बोहोरा र केशव वडालले पनि अनिवार्य अवकास पाउने निश्चित छ ।

टिप्पणीहरू