आज पनि संक्रमितभन्दा निको हुनेको संख्या धेरै

आज पनि संक्रमितभन्दा निको हुनेको संख्या धेरै

आज मुलुकभर ८ सय ३४ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमणबाट ९ जनाको निधन भएको छ । यसअघि हिजो ६ जना र अस्ति ९ जनाको निधन भएको थियो । योसँगै मुलुकभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९६ पुगेको छ । यसबीचमा १ हजार २ सय ७९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ८ हजार ५ सय ८९ जनामा पीसीआर तथा ५ हजार १ सय ४७ जनामा एन्टिजेन गरी १३ हजार ७ सय ३६ जनामा परीक्षण गरिएको थियो ।

मुलुकभर अझै १९ हजार १ सय ४२ सय जना सक्रिय संक्रमित छन् । तीमध्ये १७ हजार ८ सय १३ जना होम र १ हजार ३ सय २९ जना संस्थागत आइसोलेसनमा छन् ।

कोरोना संक्रमितमध्ये ३ सय ६८ जनाको आइसीयु र १ सय २० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । २ सय ३० जनालाई भने क्वारेन्टाइनमा राखिएको छ ।

टिप्पणीहरू