एमालेनिकट मुस्लिमहरु होटलमा

एमालेनिकट मुस्लिमहरु होटलमा

मुस्लिम इत्तेहाद संगठनले राजधानीमा बृहत् भेलाको आयोजना गरेको छ । बागबजारस्थित हार्दिक होटलमा संगठनको केन्द्रीय कमिटी भेला शुरु भएको हो ।

नेकपा एमाले केन्द्रीय सदस्य तथा नेपाल मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष सेराज अहमद फारुकीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ । पूर्वमन्त्री तथा एमाले सचिव गोकर्ण बिष्ट कार्यक्रममा विशेष अतिथि हुनुहुन्छ ।

भेलामा एमाले केन्द्रीय सदस्य नजिर मियाँ,नेपाल मुस्लिम इत्तेहाद संगठनका वरिष्ठ उपाध्यक्ष ताज महम्मद मियाँ,संविधानसभा सदस्य मोहम्मद सफि मियाँ,हसिना मिया, प्रदेश नम्बर २ का प्रदेशसभा सदस्य मोहम्मद समीर,नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय सदस्य तथा नेपालगन्जका पुराना पत्रकार मोहम्मद हारुन हलुवाइलगायतको उपस्थिति छ ।

टिप्पणीहरू